होटलदेखि स्वास्थ्य सेवासम्म, महालक्ष्मी बैंकका ग्राहकलाई विशेष छुट

  • कालिका खवर
  • मङ्लबार, भदौ २, २०८३
  • काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्टलगायत विभिन्न क्षेत्रका ७ संस्थासँग सम्झौता गरेको छ। सम्झौतापछि बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाबाट उपलब्ध विभिन्न सेवामा विशेष छुट प्राप्त गर्नेछन्।

    सम्झौताअनुसार मनकामना हिलक्रेष्ट होटल, कुरिनटारमा आवास तथा रेष्टुरेन्ट सेवामा १२.५ प्रतिशतसम्म, एलोफ्ट काठमाडौं, छायाँदेवी कम्प्लेक्स, ठमेलमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म र एल्लो हात्ती, लाजिम्पाटमा उपहार सामग्री खरिदमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

    त्यस्तै, अल्फा केयर डाइग्नोस्टिक सेन्टर, बुद्धनगरमा स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म र दृष्टि आई केयर, कलंकीमा नाक, कान, घाँटी, आँखा उपचार तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुट पाइनेछ।

    यसैगरी, ओरियन्ट क्याफे, दरबारमार्गमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म तथा होटल स्मारक, हेटौंडामा आवास र खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट उपलब्ध हुने बैंकले जनाएको छ।

    यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास छ। ग्राहकलाई थप सुविधा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar