राष्ट्रिय जीवन बीमाको जीवन बीमा कोष १४.९३ प्रतिशतले बढ्यो

  • कालिका खवर
  • शनिबार, साउन ३०, २०८३
  • काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको जीवन बीमा कोषको आकार गत आर्थिक वर्ष २०८२/८३ मा १४.९३ प्रतिशतले बढेको छ। कम्पनीले शनिबार प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म जीवन बीमा कोषमा ७१ अर्ब ४७ करोड ९५ लाख रुपैयाँ सञ्चित रहेको छ।

    अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ६२ अर्ब १९ करोड २७ लाख रुपैयाँ रहेको थियो। यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा ९ अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको हो।

    त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १.४० प्रतिशतले बढेर ९ अर्ब ७७ करोड ३१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ९ अर्ब ६३ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

    कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १.५८ प्रतिशतले बढेर ९ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो रकम ९ अर्ब ५६ करोड २२ लाख रुपैयाँ रहेको थियो।

    तर, बीमा कोष तथा बीमाशुल्क आर्जनमा वृद्धि भए पनि कम्पनी नाफामा भने जान सकेन। समीक्षा अवधिमा कम्पनीले २ करोड ३८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    १८ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १३ रुपैयाँ १५ पैसा ऋणात्मक रहेको छ।

    समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोषमा ४ करोड १ लाख रुपैयाँ सञ्चित रहेको छ। त्यस्तै, रिटेन्ड अर्निङ ३ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो वर्ष महाविपत्ति कोषमा ३ करोड १४ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ३८ करोड ३६ लाख रुपैयाँ रहेको थियो।

    यसरी राष्ट्रिय जीवन बीमाको जीवन बीमा कोष र बीमाशुल्क आर्जनमा सामान्य वृद्धि भए पनि खुद नाफाबाट घाटामा जानु तथा रिटेन्ड अर्निङमा ठूलो ऋणात्मक अवस्था देखिनु कम्पनीका लागि चुनौतीपूर्ण वित्तीय अवस्था बनेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar