प्रभु इन्स्योरेन्सको नाफा १९.७१ प्रतिशतले बढ्यो

  • कालिका खवर
  • शनिबार, साउन ३०, २०८३
  • काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २४ करोड ६४ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.७१ प्रतिशतले बढी हो।

    कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो वर्ष २० करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कारोबारमा केही गिरावट आए पनि कम्पनीले नाफामा भने दोहोरो अंकको वृद्धि गर्न सफल भएको हो।

    समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १४.०३ प्रतिशतले घटेर १ अर्ब ७४ करोड ८१ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष कम्पनीले २ अर्ब ३ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

    यता, कम्पनीको खुद बीमाशुल्क आर्जन भने ६.४१ प्रतिशतले बढेर ६९ करोड ४५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो रकम ६५ करोड २६ लाख रुपैयाँ रहेको थियो। यस अवधिमा कम्पनीले पुनर्बीमाका लागि १ अर्ब ५ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ३८ करोड ६ लाख रुपैयाँको तुलनामा कम हो।

    १ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) १३ रुपैयाँ ३३ पैसा र प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ रहेको छ।

    समीक्षा अवधिसम्म कम्पनीको विशेष जगेडामा १ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १० करोड ४१ लाख रुपैयाँ र अन्य इक्विटीमा १५ करोड ४१ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar