कृषि विकास बैंक लिमिटेडको नाइमा विशेष अफर योजना, ब्याजदर प्रिमियम र सेवा शुल्क दुवैमा ३३.३३ % सम्म छुट अफर

  • कालिका खवर
  • बुधबार, साउन २७, २०८३
  • काठमाडौं । कृषि विका बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ।

    बैंकले सार्वजनिक गरेको विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको प्रिमियमदर र सेवा शुल्क दुबैमा ३३.३३ % सम्म छुट पाउने बैंकले जनाएको छ ।

    साथै बैंकले गाडी किन्न ईचछुक ग्राहकका लागि आँफुलाई पायक पर्ने नजिकैको बैक शाखामा गएर कर्जाको आवेदन दिन मिल्ने व्यवस्था बैंकले गरेको छ।
    ग्राहकले कागजपत्र पूरा गरे पश्चात् बैंकले गाडी किन्न तुरुन्तै स्वीकृतिपत्र प्रदान गर्ने बैंकले जनाएको छ।
    यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा बैंकको नजिकैको शाखामा सम्पर्क गरी वा कल सेन्टर नम्बर ०१५९७०१६१ मा फोन गरी लिन सकिने समेत बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar