कुजु नेपालले सार्वजनिक गर्‍यो याडियाका तीन नयाँ विद्युतीय स्कुटर, नाइमा अटो शोसम्म रु. १० हजार छुट

  • कालिका खवर
  • बिहिबार, साउन २१, २०८३
  • काठमाडौं । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रा.लि. ले नेपाली बजारमा नयाँ पुस्ताका याडिया जीएस७०, जीटी७० र जीटी८० विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले आधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र नेपाली उपभोक्ताको बदलिँदो आवागमन आवश्यकतालाई लक्षित गर्दै यी स्कुटर बजारमा ल्याएको जनाएको छ।

    विश्वकै अग्रणी विद्युतीय दुईपांग्रे सवारीसाधन ब्रान्ड याडियाका यी तीन नयाँ मोडेलले दैनिक सहरी यात्रादेखि लामो दूरीको यात्रा तथा प्रिमियम प्रदर्शन चाहने ग्राहकसम्मका आवश्यकता पूरा गर्ने कम्पनीको दाबी छ। स्कुटरहरू लामो रेन्ज, स्मार्ट प्रविधि र उन्नत सुरक्षा सुविधासहित उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

    दैनिक प्रयोगका लागि लक्षित जीएस७० मा २.१ किलोवाट–आवर एलएफपी ब्याट्री र २.८ किलोवाट पिक मोटर जडान गरिएको छ। यसले एकपटक पूर्ण चार्जमा १०५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।

    लामो दूरीका यात्रुलाई लक्षित जीटी७० मा ५.७ किलोवाट–आवर डुअल एलएफपी ब्याट्री प्रणाली (३.६ किलोवाट–आवर फिक्स्ड र २.१ किलोवाट–आवर रिमुभेबल) तथा ३.७ किलोवाट पिक मोटर रहेको छ। यसले २२० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

    त्यस्तै, प्रिमियम सेग्मेन्टको जीटी८० मा ३.६ किलोवाट–आवर लिथियम ब्याट्री, ५ किलोवाट पिक मोटर, ८० किलोमिटर प्रतिघण्टासम्मको अधिकतम गति र १५० किलोमिटरसम्मको रेन्ज उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।

    तीनै मोडेलमा ब्लुटुथ कनेक्टिभिटी, टीएफटी स्मार्ट डिस्प्ले, मोबाइल नेभिगेसन मिररिङ, याडिया स्मार्ट एप, फ्यामिली सेयरिङ र स्मार्ट कि–लेस प्रणालीजस्ता स्मार्ट फिचर समावेश छन्। साथै ट्र्याक्सन कन्ट्रोल सिस्टम (टीसीएस), क्रुज कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल तथा डुअल डिस्क ब्रेकिङ सिस्टमजस्ता सुरक्षा सुविधा पनि उपलब्ध छन्।

    कम्पनीले तीनै मोडेलमा ३ वर्ष वा ५० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी प्रदान गरेको जनाएको छ।

    नयाँ जीएस७०, जीटी७० र जीटी८० नेपालभर रहेका २० वटा आधिकारिक याडिया डिलरसिपमार्फत उपलब्ध छन्। साथै, नाइमा अटो शो सम्पन्न नहुँदासम्म तीनै मोडेलमा रु. १० हजारको विशेष छुट पनि प्रदान गरिने कम्पनीले जनाएको छ। इच्छुक ग्राहकहरूले नजिकको आधिकारिक याडिया शोरुममा पुगेर स्कुटरको अवलोकन, टेस्ट राइड तथा फाइनान्सिङसम्बन्धी जानकारी लिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar