सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

  • कालिका खवर
  • सोमवार, साउन १८, २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भई २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज सुनको मूल्य प्रति १० ग्राम २ लाख ४३ हजार ४८५ रुपैयाँ निर्धारण गरिएको छ।

    त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ४ हजार ३१५ रुपैयाँ रहेको चाँदी सोमबार ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य प्रति १० ग्राम ३ हजार ७३० रुपैयाँ तोकिएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्ति तथा विनिमय दरका आधारमा दैनिक रूपमा नेपाली बजारका लागि सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar