हिमालयन रिले शेयर प्रिमियम रकम छुट्टै जगेडा कोषमा राख्न सर्वोच्चको आदेश

  • कालिका खवर
  • सोमवार, साउन ११, २०८३
  • काठमाडौं । सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्स लिमिटेडले प्रिमियम मूल्यमा शेयर बिक्रीबाट संकलन गरेको रकम लाभांश वितरण वा अन्य प्रयोजनमा प्रयोग नगरी छुट्टै जगेडा कोषमा राख्ने व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको छ ।

    सर्वोच्चको फैसलाको पूर्णपाठअनुसार नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड (सेबोन) र हिमालयन रिइन्स्योरेन्सलाई कानूनविपरीत प्रिमियम मूल्यमा शेयर निष्कासनबाट प्राप्त अंकित मूल्यभन्दा बढी रकमलाई अलग कोषमा राख्ने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिइएको हो ।

    अदालतले प्रिमियम रकमको प्रयोग सम्बन्धमा स्पष्ट व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै नियामक निकाय र कम्पनीलाई त्यसअनुसार आवश्यक प्रक्रिया अघि बढाउन भनेको छ ।

    निर्देशनात्मक आदेशमा प्रिमियमबाट उठेको अतिरिक्त रकमलाई कम्पनीको नियमित वितरणयोग्य नाफाका रूपमा प्रयोग नगरी छुट्टै जगेडा कोषमा राख्नुपर्ने उल्लेख गरिएको छ । अदालतको यो आदेशले प्रिमियममा शेयर निष्कासन गर्ने कम्पनीहरूको वित्तीय व्यवस्थापन र नियामकीय अभ्यासमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar