प्रोटोनले देशभर विस्तार गर्दै सेवा सञ्जाल, भक्तपुरमा नयाँ सोरुम र सर्भिस सेन्टर सञ्चालनमा

  • कालिका खवर
  • मङ्लबार, साउन ५, २०८३
  • काठमाडौं। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी प्रोटोन इ.मास ५ सार्वजनिक गरेसँगै देशभर आफ्नो बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्ने भएको छ।

    कम्पनीले मंगलबार भक्तपुरको राधे–राधेमा अत्याधुनिक सुविधा सम्पन्न नयाँ सोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने जनाएको छ। कम्पनीका अनुसार पूर्वाधार, प्रविधि र सेवा सुविधाका हिसाबले यो प्रोटोनको नेपालकै उत्कृष्ट सोरुम तथा सर्भिस सेन्टरमध्ये एक हुनेछ।

    ग्राहकलाई सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्जाल विस्तार गरिएको कम्पनीले जनाएको छ। प्रोटोनप्रति नेपाली ग्राहकको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै बिक्रीसँगै बिक्रीपछिको सेवा देशभर सहज रूपमा उपलब्ध गराउन नयाँ शाखाहरू सञ्चालनमा ल्याउन लागिएको कम्पनीको भनाइ छ।

    भक्तपुर शाखासँगै आगामी सातादेखि वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा पनि नयाँ आधिकारिक सोरुम सञ्चालनमा ल्याइने कम्पनीले जानकारी दिएको छ। यससँगै प्रोटोन इ.मास ५ सार्वजनिक भएको अवसरमा देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार हुने भएका छन्।

    यसअघि प्रोटोनले नक्साल, थापाथली, विराटनगर, चितवन, पोखरा, बुटवल र धनगढीबाट बिक्री तथा सर्भिस सेवा प्रदान गर्दै आएको थियो। नयाँ शाखा सञ्चालनसँगै ग्राहकले देशका विभिन्न स्थानबाट सवारी खरिद, टेस्ट ड्राइभ, नियमित मर्मतसम्भार तथा स्पेयर पार्ट्सलगायतका सेवा अझ सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।

    जगदम्बा मोटर्सले सन् २०१८ देखि नेपालमा प्रोटोन ब्रान्डका सवारीसाधनको आधिकारिक बिक्री–वितरण गर्दै आएको छ। मलेसियाको राष्ट्रिय अटोमोबाइल ब्रान्ड प्रोटोनले सन् २०१७ देखि चिनियाँ अटोमोबाइल कम्पनी जिलीसँग रणनीतिक साझेदारी गरेपछि आफ्नो अन्तर्राष्ट्रिय बजार विस्तारलाई तीव्रता दिएको हो।

    कम्पनीका अनुसार प्रोटोन इ.मास ब्रान्ड हाल मलेसियाको अग्रणी विद्युतीय सवारी (ईभी) ब्रान्डमध्ये एकका रूपमा स्थापित हुँदै गएको छ। नेपालमा पनि इ.मास ५ सार्वजनिकसँगै बिक्री तथा सेवा सञ्जाल विस्तार गरेर ग्राहकलाई विश्वस्त र सहज स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar