नेपालमा सार्वजनिक भयो प्रोटोन इ.मास ५, प्रारम्भिक मूल्य २९ लाख ९९ हजार रुपैयाँ

  • कालिका खवर
  • मङ्लबार, साउन ५, २०८३
  • दोस्रो विद्युतीय मोडल ल्याउँदै प्रोटोनको आक्रामक विस्तार, पहिलो १०० ग्राहकका लागि विशेष मूल्य

    काठमाडौं। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ प्रोटोन इ.मास ५ (e.MAS 5) कम्प्याक्ट इलेक्ट्रिक एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौंस्थित सोल्टी होटलमा आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको यो मोडल नेपालमा प्रोटोनको दोस्रो विद्युतीय सवारीसाधन हो।

    कम्पनीका अनुसार सहरी यात्रालाई थप सहज, स्मार्ट र किफायती बनाउने उद्देश्यका साथ ल्याइएको इ.मास ५ आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा उपयोगितामुखी सुविधाले सुसज्जित छ। यो मोडलले मलेसियाको प्रतिष्ठित ‘अलायान्ज डीएसएफ भेहिकल अफ द इयर अवार्ड्स २०२६’ अन्तर्गत ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर’ उपाधि समेत जितिसकेको छ।

    इ.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता अत्याधुनिक सुविधा उपलब्ध छन्। साथै ७० लिटर क्षमताको फ्रन्ट ट्रङ्क (फ्रङ्क), ३७५ लिटरको रियर लगेज बुट तथा केबिनभित्र ३२ वटा स्टोरेज स्पेस उपलब्ध गराइएको छ, जसले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म सहजता प्रदान गर्ने कम्पनीको दाबी छ।

    गाडी सार्वजनिक कार्यक्रममा नेपालस्थित मलेसियाली दूतावासका प्रतिनिधि, अटोमोबाइल क्षेत्रका सरोकारवाला, व्यावसायिक साझेदार, सञ्चारकर्मी, अटो पत्रकार, इन्फ्लुएन्सर तथा ग्राहकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्युतीय सवारीप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षण स्पष्ट देखिएको कम्पनीले जनाएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले प्रोटोनसँगको सहकार्यलाई थप मजबुत बनाउँदै नेपाली बजारमा इ.मास ५ सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताए। आधुनिक प्रविधि, उत्कृष्ट उपयोगिता, आकर्षक फिचर र प्रतिस्पर्धी मूल्यका कारण इ.मास ५ नेपाली ग्राहकका लागि उत्कृष्ट कम्प्याक्ट इलेक्ट्रिक एसयूभी बन्ने उनको विश्वास थियो।

    त्यसैगरी प्रोटोन इन्टरनेसनलका डेपुटी डाइरेक्टर लि झिदानले विश्वभर ६ लाख १० हजारभन्दा बढी ग्राहकले इ.मास ५ मा प्रयोग भएको प्लेटफर्ममा आधारित सवारी रोजिसकेको उल्लेख गर्दै नेपाललाई कम्पनीको अन्तर्राष्ट्रिय विस्तार रणनीतिमा महत्वपूर्ण बजारका रूपमा लिइएको बताए। जगदम्बा मोटर्ससँगको सहकार्यले नेपाली बजारमा प्रोटोन इ.मासलाई विश्वसनीय विद्युतीय ब्रान्डका रूपमा स्थापित गर्ने विश्वास उनले व्यक्त गरे।

    प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। सार्वजनिक अवसरमा कम्पनीले प्राइम भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तथा प्रिमियम भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ। यो विशेष मूल्य पहिलो १०० ग्राहकका लागि सीमित अवधिसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार इच्छुक ग्राहकले देशभर रहेका प्रोटोन इ.मास शोरुममा पुगेर गाडीको प्रत्यक्ष अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्। साथै सीमित अवधिका लागि विशेष बुकिङ अफर पनि खुला गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar