पाँच दिनपछि बढ्यो सेयर बजार

  • कालिका खवर
  • मङ्लबार, असार ३०, २०८३
  • काठमाडौँ । पाँच दिनपछि सेयर बजार बढेको छ। मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.११ अङ्कले बढेर २५७६.२९ बिन्दुमा पुगेको हो । आज कुल १६४ कम्पनीको मूल्य बढ्दा १०१ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

    आज ३८३ स्क्रिपका १ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार १० प्रतिशत केबीएल डिभेन्चरको ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

    आज १२ वटा उपसमूहको सूचकमा बढेको छ । उत्पादन तथा प्रशोधनमूलक समूह भने आज सामान्य घटेको छ ।  सबैभन्दा धेरै व्यापारमूलक क्षेत्र १.४७ प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar