आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो

  • कालिका खवर
  • मङ्लबार, असार ३०, २०८३
  • काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु एक हजार दुई सयले घटेको छ भने र चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोला रु चार हजार ३६० कायम भएको छ ।

    सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार दुई सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोल रु चार हजार तीन सय ७५ प्रतितोला कायम भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar