ट्राफिक जरिवानाबारे अभिव्यक्तिले विवादमा तानिएपछि महावीर पुनले मागे माफी

  • कालिका खवर
  • शनिबार, असार २७, २०८३
  • काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ट्राफिक जरिवानाबारे आफ्नो अभिव्यक्ति विवादमा परेपछि माफी मागेका छन् ।

    काठमाडौंमा महँगो ट्राफिक जरिवानाका कारण आत्मदाह प्रयास गरेका युवकको विषयसँग मिल्दोजुल्दो अभिव्यक्ति भएपछि विवादमा तानिएका पुनले शनिबार फेसबुकमा लेख्दै माफी मागेका हुन् ।

    काठमाडौंमा पठाओ चलाउने मुगुका २५ वर्षीय गणेश नेपालीले ट्राफिक जरिवाना बुझाउन नसकेको भन्दै आत्मदाह प्रयास गर्दा उनको उपचारका क्रममा निधन भएको थियो ।

    घटनाभन्दा पहिले नै पुनले ट्राफिक जरिवाना ५० हजार रुपैयाँ हुनुपर्ने बताएका थिए । विवादमा तानिएसँगै पुनले एक वर्षसम्म सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूलाई कुनै पनि अन्तर्वार्ता नदिने घोषणा गरेका छन् ।

    पुनले लेखेका छन्, ‘आजदेखि मैले कुनै पनि ठूला साना युटुबरसहित सोसल मिडियाहरु र पत्रकारहरु कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषय बाहेक एक वर्षसम्म एक शब्द पनि अन्तरवार्ता दिनेछैन ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar