आर्मोन कार्की ब्लाईण्ड अडिसन राउण्डबाट नेक्स्ट राउण्डमा

  • कालिका खवर
  • मङ्लबार, असार १६, २०८३
  • काठमाण्डौ । आर्मोन कार्की द भ्वाईस किड्स सिजन ५ को ब्लाईण्ड अडिसन राउण्डबाट पार गरी नेक्स्ट राउण्डमा पुगेका छन । उनले देशभावले ओतप्रेत स्वर सम्राट नारायण गोपाल द्धारा गायिएको गित “विरताको चिनो विरको संतान” गीत गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएका थिए । उनले प्रस्तुत दिरहँदा निकै रोमाञ्चित बनीरहेका कोचहरु मिलन नेवार र अर्जुन सापकोटाले बेल बजाउँदै कुर्ची फर्काएका थिए । उनले टिम रोज्ने व्रmममा मिलन नेवारलाई सरी म्याम भन्दै टिम अर्जुन सापकोटा रोजेका थिए । उनका स्वर र प्रस्तुतीको सबै कोचहरुले खुलेरै प्रशंसा गरेका थिए ।

    हेटौडाका ११ बर्षिय आर्मोन हाल कक्षा ६ मा अध्ययनरत छन । हुने विरुवाको चिल्लो पात भनेझै उनी सानै उमेर देखी गित सुन्ने र गाउने गर्दथे । उनले नर्सरी कक्षामा हुँदानै स्कुलको साँस्कृतीक काय्रव्रmममा ५०० दर्शकका अगि यो नेपाली शिर उचाली बोलको गीत गाएर उपस्थित सबैलाई चकितमात्र बनाएका थिएनन सबैको मन जितेका थिए । नर्सरी देखी कक्षा छ सम्म आउँदा विभिन्न उनले स्कूल स्तरीय , जिल्ला स्तरीय र प्रदेश स्तरीय गायन क्षेत्रबाट धेरै अवार्ड समेत जितिसकेका छन । अब उनको ध्यये भनेको द भ्वाईस किड्स सिजनको अवार्ड जित्ने रहेको छ ।

    उनी गाउनेमात्र हैन गिटार,हारामोनियम र पियानो पनि कुशलताका साथ बजाउँदछन । प्रतिभाका धनी आर्मोन गायन र बाध्य बाधनमा पोख्त त छननै । अध्ययन र चित्र कोर्न पनि त्यतिकै सिपालु छन । उनले कोर्ने चित्रहरु प्राय नेपाल तथा भारतीय प्रतिष्ठित गायक गायिकाहरुको हुने गर्दछन । यसैबाट पनि थाहा हुन्छकी कि उनको गीत संगीतप्रतिको लगाव कति छ भनेर । उनको प्ररेणाका श्रोत उनी आफ्नै बुवालाई मान्दछन भने नारायण गोपाल र भक्तराज आचार्यलाई उनले आईडल मान्दछन । भ्वाईस कार्यक्रममा आर्मोन मात्रै हैनन उनको बहिनी आध्या कार्की समेत सहभागी भएकी थिइृन । उनीले स्वर्गीय स्वर सम्राट नारायण गोपालले गाउनु भएका “यति धेरै माया दिइ” बोलको गीत गाएकी थिइृन । अर्को राउण्ड सम्म नपुगे पनि सबै कोचहरुको भने उनले मन जितेकी थिईन । सबै कोचहरुले उनको टाईमिगं र गायिकीको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

    पेशाले आर्मोनका बुबा शिक्षक र आमा नर्स हुन । तर पनि उनीहरुले आफ्ना छोरा छोरीलाई आफ्नो दवाव दिन चाहेनन र बरु आर्मोन र उनको बहिनीकै चाहना अनुरुप साँगीतिक क्षेत्रमा लाग्न हौसला प्रदान गर्दै आएका छन । बदलिदो समाजमा आफ्ना संतानलाई डक्टर,ईन्जिनियर र आईटि भन्दा अरु भविष्यनै नदेख्ने अभिभावकहरुका निम्ती आर्मोनका परिवार एक उदाहरण हुन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar