किसानलाई राहत प्याकेजसहित पेन्सन दिन सरकारसंग आजपा अध्यक्ष प्रभु साहको माग

  • कालिका खवर
  • सोमवार, असार १५, २०८३
  • रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने मा सरकारसंग गरेका छन् ।

    मानो रोपेर मुरी फलाउने किसानहरुलाई यतिबेला रासायनिक मलको चरम अभाव र महँगीका कारण पीडित भइरहेकाले यथासिघ्र किसानका लागि राहत प्याकेजका साथै पेन्सनको व्यवस्था गर्नुपर्ने उनले बताएका छन् ।

    राष्ट्रिय धान दिवसको विशेष अवसरमा आज किसानलाई शुभकामना दिदै आजपा अध्यक्ष साहले किसानलाई पेन्सन दिनुपर्ने माग सरकारसंग गरेका हुन् ।

    ‘राष्ट्रिय धान दिवसको विशेष अवसरमा सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछूँ। मानो रोपेर मुरी फलाउने महान् किसानहरू यतिबेला रासायनिक मलको चरम अभाव र महँगीका कारण पीडित भइरहेको सन्दर्भमा, सरकारले तुरुन्तै राहत प्याकेजको घोषणा गर्नुका साथै कृषकहरूका लागि ससम्मान पेन्सनको व्यवस्था गरोस् भन्ने विशेष माग गर्दछु,’ शुभकामना सन्देशमा आजपा अध्यक्ष साहले लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar