५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

  • कालिका खवर
  • बिहिबार, असार ११, २०८३
  • काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँ र चाँदी २५० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँ र चाँदी चार हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार एक तोला सुनको मूल्य दुई लाख ८३ हजार ५०० मा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar