भन्सार महसुल र हरित शुल्कको असर : नेपालमा बीवाईडी एटो–टु र एटो–थ्रीको मूल्य वृद्धि

  • कालिका खवर
  • मङ्लबार, असार ९, २०८३
  • काठमाडौं । नेपालमा बीवाईडीका दुई लोकप्रिय विद्युतीय गाडीको मूल्य बढेको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक ले बीवाईडी ‘एटो–टु’ र ‘एटो–थ्री’को नयाँ मूल्य सार्वजनिक गरेको हो।

    कम्पनीका अनुसार नयाँ मूल्यसूचीअनुसार बीवाईडी एटो–टुको मूल्य ३ लाख ४ हजार रुपैयाँले बढेको छ। यससँगै उक्त गाडीको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ कायम भएको छ। यसअघि एटो–टु नेपाली बजारमा ४५ लाख ९५ हजार रुपैयाँमा बिक्री हुँदै आएको थियो।

    त्यसैगरी, बीवाईडी एटो–थ्रीको एड्भान्स्ड भेरियन्टको मूल्य पनि वृद्धि गरिएको छ। यस मोडलको मूल्य २ लाख रुपैयाँले बढाएर ६१ लाख ९९ हजार रुपैयाँ पुर्‍याइएको कम्पनीले जनाएको छ। यसअघि उक्त गाडी ५९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध थियो।

    कम्पनीका अनुसार मूल्य समायोजनको मुख्य कारण सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत लागू गरेको नयाँ भन्सार महसुल तथा हरित पूर्वाधार शुल्क हो। नयाँ कर संरचनाका कारण आयात लागत बढेकाले मूल्य संशोधन गर्नुपरेको कम्पनीको भनाइ छ।

    नेपालमा विद्युतीय सवारीसाधनको माग निरन्तर बढिरहेका बेला कर तथा शुल्कमा गरिएको परिवर्तनले बजार मूल्यमा प्रत्यक्ष प्रभाव पारेको देखिएको छ। विशेषगरी लोकप्रिय विद्युतीय एसयूभी तथा क्रसओभर मोडलहरूमा यसको असर देखिन थालेको छ।

    बीवाईडीका एटो–टु र एटो–थ्री नेपाली बजारमा सबैभन्दा बढी रुचाइने विद्युतीय गाडीमध्ये पर्दछन्। नयाँ मूल्य लागू भएसँगै यी मोडल खरिद गर्न चाहने ग्राहकले अब थप रकम तिर्नुपर्ने भएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar