सुनको मूल्य सामान्य बढ्यो

  • कालिका खवर
  • आइतवार, असार ७, २०८३
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवयासी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत असार ५ गते सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम थियो ।

    त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार ३१५ रुपैयाँ तोकिएको छ । सुनसँगै चाँदीको मूल्यमा पनि केही बढोत्तरी भएको छ । अघिल्लो कारोबारको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ६९० रुपैयाँ पुगेको छ ।

    असार ५ गते चाँदी प्रतितोला ४ हजार ६४० रुपैयाँमा कारोबार भएको थियो । आज १० ग्राम चाँदीको मूल्य ४ हजार २१ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar