एकैदिन तोलाको १० हजार ५ सयले घट्यो सुनको मूल्य

  • कालिका खवर
  • शुक्रबार, असार ५, २०८३
  • काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलाको १० हजार ५ सय रुपैयाँले घटेर तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको २ लाख ९७ हजार २ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ३०५ रुपैयाँले घटेर तोलाको ४ हजार ६४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलाको ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar