एभरेष्ट बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन नागरिक लगानी कोषले गर्ने

  • कालिका खवर
  • बुधबार, असार ३, २०८३
  • काठमाडौं । नागरिक लगानी कोष र बीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ।

    बुधबार सम्पन्न सम्झौतामा कोषका तर्फबाट निर्देशक नवराज खड्का र बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गरेका हुन्।

    सम्झौताअनुसार बैंकका स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको योगदानमा आधारित तथा गैर–योगदानमा आधारित उपदान कोष र अतिरिक्त अवकाश कोषको व्यवस्थापन तथा कार्यान्वयन नागरिक लगानी कोषले गर्नेछ।

    कोषले सहभागी कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी परिचयपत्र उपलब्ध गराउने, बैंकबाट प्राप्त रकम तथा विवरणका आधारमा खाता अद्यावधिक गर्ने र बैंकको सिफारिसमा सेवानिवृत्त कर्मचारीहरूलाई प्रचलित नियमअनुसार कर कट्टा गरी अवकाश रकम भुक्तानी गर्ने व्यवस्था मिलाउनेछ।

    यस्तै, कर्मचारीहरूले कोषमा योगदान गरेको रकमबाट प्राप्त हुने ब्याज, प्रतिफल तथा अन्य अतिरिक्त सुविधाहरू कोषको नियमावलीअनुसार प्राप्त गर्नेछन्।

    सम्झौतामा आयकर ऐन, २०५८ बमोजिम स्वीकृत अवकाश कोषमा रहेका कर्मचारीहरूको साविकको रकम तथा बहाल रहेका कर्जासमेत कोषमा रकमान्तर गरी समायोजन गरिने उल्लेख गरिएको छ।

    यस सम्झौताले एभरेष्ट बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar