नेपाली बजारमा रियलमीका पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक, एआई अनुभवसहित उच्च प्रदर्शनको दाबी

  • कालिका खवर
  • सोमवार, असार १, २०८३
  • काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा आफ्नो नयाँ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ पी३ सिरिजले उच्च प्रदर्शन, आकर्षक डिजाइन तथा नवीन एआई अनुभवमार्फत उपभोक्तालाई थप उत्कृष्ट मोबाइल प्रयोग अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

    रियलमीका अनुसार पी३ अल्ट्रा फाइभजी मा शक्तिशाली डाइमेन्सिटी ८३५० अल्ट्रा चिपसेट प्रयोग गरिएको छ। यसमा ६,००० एमएएच क्षमताको टाइटन ब्याट्री तथा ८० वाट अल्ट्रा चार्ज प्रविधि उपलब्ध गराइएको छ, जसले छिटो र प्रभावकारी चार्जिङ सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ।

    यो स्मार्टफोन ७.३८ मिलिमिटर अल्ट्रा–स्लिम डिजाइन तथा आकर्षक ग्लोइङ लुनार डिजाइनमा उपलब्ध हुनेछ। साथै, यसमा आईपी ६९ स्तरको पानी प्रतिरोधी सुविधा समावेश गरिएको छ, जसले विभिन्न परिस्थितिमा पनि फोनलाई सुरक्षित राख्न मद्दत गर्ने बताइएको छ।

    फोटोग्राफीका पारखीलाई लक्षित गर्दै फोनमा १.५ के क्वाड–कभ्र्ड एमोलेड डिस्प्ले तथा ओआईएस (अप्टिकल इमेज स्टेबिलाइजेसन) सहितको सोनीको ५० मेगापिक्सेल एआई क्यामेरा जडान गरिएको छ। कम्पनीका अनुसार यसले स्पष्ट, स्थिर र गुणस्तरीय तस्बिर तथा भिडियो खिच्न सहयोग पुर्‍याउनेछ।

    त्यसैगरी, स्मार्टफोनमा ६,०५० वर्ग मिलिमिटरको एरोस्पेस भिसी कुलिङ प्रणाली, १२ जीबी र्याम, २५६ जीबीसम्मको स्टोरेज, जीटी बुस्ट, रियलमी यूआई ६.०, डुअल स्टेरियो स्पिकर तथा एन्टेना एरे म्याट्रिक्स जस्ता अत्याधुनिक विशेषताहरू समावेश गरिएको कम्पनीले जनाएको छ।

    रियलमीले नयाँ पी३ सिरिजमार्फत नेपाली उपभोक्तालाई शक्तिशाली प्रदर्शन, आधुनिक डिजाइन र एआईमा आधारित स्मार्ट अनुभव उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ। कम्पनीले दुवै मोडलको मूल्य तथा उपलब्धताबारे विस्तृत जानकारी भने छिट्टै सार्वजनिक गरिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar