नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिबीच छलफल

  • कालिका खवर
  • शनिबार, जेष्ठ ३०, २०८३
  • काठमाडौं । नेपाल–भारत सीमापार रेलवे लिकहरुको निर्माण र नयाँ परियोजनाबारे छलफल भएको छ । भारतीय दूतावासका अनुसार शुक्रबार परियोजना निर्देशक समिति र संयुक्त कार्यदलको बैठकमा परियोजनाहरुबारे छलफल भएको हो ।

    जेठ २८–२९ सम्म काठमाडौंमा भएको छलफलमा भारतको अनुदानमा विकास भइरहेका जयनगर–विजलपुरा–बर्दिबास र जोगवनी–विराटनगर ब्रोडगेज रेलवे लाइनहरूको जारी कार्यान्वयनबारे छलफल भएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    दूतावासका अनुसार सञ्चालनमा रहेका सीमापार रेलवे लिंकहरूको कार्यान्वयन र रेलवे क्षेत्रमा समग्र द्विपक्षीय सहकार्यको समीक्षा गर्न १० औं परियोजना निर्देशक समिति (पीएससी) र ८ औं संयुक्त कार्यदल (जेडब्लूजी)को बैठक परियोजनाबारे बृहत छलफल भएको हो ।

    बैठकमा जनकपुर–अयोध्या खण्डमा यात्रु रेल सेवा सुरु गर्नका लागि सञ्चालन प्रक्रियाहरू रक्सौल–काठमाडौं ब्रोडगेज रेलवे लिकको अन्तिम सर्वेक्षण प्रतिवेदन, पूर्व–पश्चिम रेलवे लिकको लागि प्राविधिक सहयोग, र थप रेलवे लिकहरू पनि छलफल गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयका सहसचिव रोहित रथीशले गरेका थिए । साथै, रेल मन्त्रालयका कार्यकारी निर्देशक प्रदीप ओझाले पनि विशेष भूमिका निर्वाह गरेका थिए ।

    दुवै बैठकमा नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले गरेका थिए । नेपाली पक्षले रेलवे लाइनका बाँकी खण्डहरूमा काम चाँडै सुरु गर्न र सम्पन्न गर्न आवश्यक सहजीकरण प्रदान गरिने आश्वासन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar