सेयर बजारमा ८.१४ अंकको गिरावट, ३ अर्ब ९० करोडको कारोबार

  • कालिका खवर
  • बिहिबार, जेष्ठ २८, २०८३
  • काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। आज नेप्से परिसूचक ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा पुगेर बन्द भएको हो।

    आज बजारमा ३५० वटा कम्पनीका ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ५८ हजार ३९१ पटक खरिदबिक्री हुँदा कूल ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुपैयाँ बराबरको कारोबार भएको छ।

    आजको कारोबारमा ८२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। १३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

    आज सर्वाधिक कमाउने कम्पनीहरूमा सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावर रहेका छन्। सोपानको सेयर मूल्य १५ प्रतिशतले बढेर ४६२.४० पुगेको छ भने एपोलोको मूल्य १४.९७ प्रतिशतले बढेर ३९६.२० पुगेको छ। यस्तै बोटलर्स नेपालको मूल्य ८.३३ प्रतिशतले बढेर प्रतिकित्ता १५६०० रुपैयाँ पुगेको छ।

    कारोबार रकमका आधारमा आज सिटी होटल लिमिटेड शीर्ष स्थानमा रह्यो। यस कम्पनीको २३ करोड ६३ लाख ४३ हजार ५८८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै सेन्ट्रल फाइनान्स को १७ करोड ५६ लाख र बुंगल हाइड्रोपावरको १६ करोड ४५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar