अस्पताल लैजाने भनेर कैदीलाई होटलमा मस्ती गराउने दुई प्रहरी बर्खास्त

  • कालिका खवर
  • बिहिबार, जेष्ठ २१, २०८३
  • काठमाडौं । कारागारमा रहेका कैदीलाई अस्पताल लैजाने बहानमा मस्तीका लागि होटल पुर्‍याइएको खुलेपछि दुईजना प्रहरी बर्खास्त भएका छन् ।

    उनीहरूले सुन्धारा कारागारमा ठगी अभियोगमा थुनामा रहेका अनुप भण्डारीलाई होटलमा पुर्‍याएको खुलेको हो ।

    जेठ १ गते कारागारबाट सामाखुशीस्थित बिनायक अस्पताल लैजाने भनेर कारगारबाट निकाले पनि उनलाई सामाखुशीकै दीप सागर गेस्ट हाउसमा लगेर ३ घण्टा मस्तिमा बिताउन दिएको खुलेको हो ।

    भण्डारीलाई कारागारको सुरक्षामा रहेको नेपाल प्रहरी अनाश्रित गुल्म जगन्नादेवलले प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकलाई पठाइएको खुलेको छ ।

    उनीहरू दुवैजानलाई बर्खास्त गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरी स्रोतले जनाकारी दियो ।

    स्रोतले भन्यो, “कारागारले अस्पताल पठाएको व्यक्तिलाई उनीहरूले होटल लगेको खुल्यो । कारागार प्रशासनले छानबिन गरेर हामीलाई दिएपछि हामीले बर्खास्त गरेका हौँ ।”

    जुनियर प्रहरी कर्मचारीलाई प्रहरी उपरीक्षक (एसपी) ले बर्खास्त गर्न सक्ने व्यवास्था छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar