पल्सर आरपीएम टेकओभर टोखा सफल, युवा प्रतिभाको उत्सव बने कार्यक्रम

  • कालिका खवर
  • सोमवार, जेष्ठ १८, २०८३
  • काठमाडौं । पल्सर आरपीएमले गत जेठ १६ गते टोखास्थित स्केटर्स नेपालमा आयोजना गरेको पल्सर आरपीएम टेकओभर टोखा’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता तथा साहसिक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विधाका कलाकार तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रममा बी–बोइङ (ब्रेक डान्स), स्केटबोर्डिङ, बीएमएक्स प्रदर्शन तथा र्‍याप ब्याटलजस्ता आकर्षक गतिविधिहरू समावेश गरिएका थिए। यी प्रस्तुतिमार्फत नेपालका उदीयमान तथा भूमिगत प्रतिभाहरूले आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रदर्शन गरेका थिए। कार्यक्रममा सहभागी दर्शकहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै विभिन्न प्रस्तुतिको भरपुर आनन्द लिएका थिए।

    कार्यक्रमको मुख्य आकर्षणका रूपमा स्टन्ट राइडर रबिन श्रेष्ठले पल्सर एनएस२००मा सवार हुँदै रोमाञ्चक स्टन्ट प्रदर्शन गरेका थिए। उनको साहसिक प्रस्तुति, उत्कृष्ट नियन्त्रण क्षमता तथा सन्तुलनले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। स्टन्टका क्रममा देखिएको गति र कौशलले कार्यक्रमको रोमाञ्चलाई थप उचाइमा पुर्‍याएको आयोजकले जनाएको छ।

    आयोजकका अनुसार पल्सर आरपीएम टेकओभर केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई गति, सीप, सिर्जनशीलता र आत्मविश्वासको उत्सवका रूपमा सम्पन्न भएको हो। कार्यक्रमले पल्सर समुदायले प्रतिनिधित्व गर्ने साहसी, ऊर्जाशील र सीमाभन्दा बाहिर सोच्ने संस्कृतिलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको थियो।

    विविध कला, खेलकुद र सांगीतिक प्रस्तुतिहरूलाई एकै स्थानमा समेट्दै सम्पन्न भएको ‘पल्सर आरपीएम टेकओभर टोखा’ ले युवा पुस्ताको उत्साह र प्रतिभालाई उजागर गर्नुका साथै सहभागीहरूलाई अविस्मरणीय अनुभव प्रदान गरेको आयोजकको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar