नेपालमा सार्वजनिक भयो ओमोडा ई५ प्रो, पहिलो ५० ग्राहकलाई विशेष अफर

  • कालिका खवर
  • आइतवार, जेष्ठ १७, २०८३
  • काठमाडौं । नेपालमा लोकप्रिय विद्युतीय एसयूभी ओमोडा ई५ को अपग्रेड संस्करण ‘ओमोडा ई५ प्रो’ सार्वजनिक गरिएको छ। नेपालका लागि ओमोडा ब्रान्डको आधिकारिक बिक्रेता ले पहिलो संस्करणले पाएको उत्साहजनक सफलतापछि नयाँ र थप परिष्कृत मोडल नेपाली बजारमा ल्याएको हो।

    कम्पनीले ओमोडा ई५ प्रोको मूल्य सिंगल टोन भेरियन्टका लागि ५१ लाख ५९ हजार रुपैयाँ तथा डुअल टोन भेरियन्टका लागि ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ। सार्वजनिक अवसरमा कम्पनीले पहिलो ५० जना ग्राहकका लागि विशेष सुरुवाती अफर पनि घोषणा गरेको छ। यसअन्तर्गत ग्राहकले गाडी ४९ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् भने एक वर्षको सवारी बीमा सुविधा निःशुल्क प्राप्त गर्नेछन्।

    कम्पनीका अनुसार हालसम्म नेपालभर १,५०० भन्दा बढी सडकमा सञ्चालनमा छन्। नयाँ ई५ प्रोले यही सफलतालाई थप उचाइमा पुर्‍याउने विश्वास कम्पनीले व्यक्त गरेको छ। नयाँ मोडलमा ५०.७ किलोवाट आवर क्षमताको ब्याट्री र ९९ किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ। २८८ न्युटन मिटर टर्क उत्पादन गर्ने यो गाडीले एकपटकको पूर्ण चार्जमा डब्लुएलटिपी मापदण्डअनुसार ३५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ।

    १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १८ इन्चका अलोय ह्विल तथा आधुनिक ‘फ्युचरिस्टिक’ डिजाइनका कारण ई५ प्रो नेपाली सडकका लागि उपयुक्त र आकर्षक विकल्पका रूपमा प्रस्तुत गरिएको कम्पनीको भनाइ छ। यसको अगाडिको भाग, एरोडाइनामिक डिजाइन तथा विशिष्ट पछाडिका बत्तीहरूले गाडीलाई प्रिमियम र स्पोर्टी स्वरूप प्रदान गरेका छन्।

    इन्टेरियरतर्फ इलेक्ट्रिक सनरुफ, प्रिमियम सामग्री, मसाज सुविधा भएको चालक सिट, आठवटा सोनी अडियो स्पिकर र १५.६ इन्चको ठूलो टचस्क्रिन जस्ता सुविधा समावेश गरिएका छन्। सुरक्षाका लागि १९ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) फिचर, ५४० डिग्री क्यामेरा प्रणाली तथा अन्य आधुनिक सुरक्षा प्रविधिहरू राखिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यी सुविधाले यात्रालाई अझ सुरक्षित, आरामदायी र प्रविधिमैत्री बनाउनेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar