‘पैसाभन्दा आत्मनिर्भरता महत्वपूर्ण’ भन्दै तान्या मित्तलको अभिव्यक्ति चर्चामा

  • कालिका खवर
  • आइतवार, जेष्ठ १७, २०८३
  • काठमाडौं । इन्फ्लुएन्सर तथा पूर्व बिग बोस प्रतियोगी ले आफूलाई धनी पार्टनर आवश्यक नभएको बताएकी छिन्।

    उनका अनुसार, सम्बन्धमा पैसाभन्दा पनि समझदारी र आत्मनिर्भरता महत्वपूर्ण हुने भन्दै उनले आफूलाई यस्तो व्यक्ति चाहिएको उल्लेख गरिन्, जसले आवश्यकता परे दैनिक १० देखि १५ लाख रुपैयाँसम्मको खर्च पनि व्यवस्थापन गर्न सक्ने क्षमता राखोस्।

    तान्याको यो भनाइ सामाजिक सञ्जालमा अहिले चर्चाको विषय बनेको छ। कतिपयले उनको विचारलाई आत्मनिर्भरता र स्वतन्त्र सोचको संकेतका रूपमा लिएका छन् भने केहीले यसलाई विवादास्पद टिप्पणीका रूपमा व्याख्या गरेका छन्।

    यस्तै, तान्या मित्तल छिट्टै आफ्नी आमासँगै कमेडी र कुकिङ रियालिटी शोमा देखिने भएकी छिन्। उक्त शोमा उनीहरूले पारिवारिक सम्बन्ध र मनोरञ्जनात्मक प्रस्तुति मार्फत दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar