एकैदिन २० हजार ५०० ले बढ्यो सुनको मूल्य

  • कालिका खवर
  • आइतवार, जेष्ठ १७, २०८३
  • काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्य एकैदिन २० हजार ५०० रुपैयाँले बढेको छ। आगामी आर्थिक वर्षका लागि सरकारले सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याउने घोषणा गरेपछि त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिएको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि जेठ १५ गते सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार शुल्क १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको छ। यस निर्णयपछि बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको व्यवसायीहरू बताउँछन्।

    सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ। यसअघि चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

    सुन तथा चाँदीको मूल्यमा आएको यो वृद्धिले आभूषण व्यवसाय र उपभोक्ता दुवैलाई असर पार्ने देखिएको छ। भन्सार शुल्क वृद्धिसँगै आगामी दिनमा पनि बहुमूल्य धातुको बजारमा उतारचढाव जारी रहने अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar