सीजी मोटर्सद्वारा थापाथलीमा जलेको आयोन फ्ल्यागशिप शोरुम पुनः उद्घाटन

  • कालिका खवर
  • सोमवार, जेष्ठ ११, २०८३
  • काठमाडौं । सीजी मोटर्सले काठमाडौंको थापाथलीमा जेन–जी आन्दोलनका क्रममा जलेको आयोनको फ्ल्यागशिप शोरुमलाई पुनः सञ्चालनमा ल्याउँदै औपचारिक उद्घाटन गरेको छ। नेपालमा स्मार्ट, स्वच्छ तथा प्रिमियम विद्युतीय मोबिलिटी प्रवर्द्धन गर्ने लक्ष्यसहित पुनर्निर्माण गरिएको उक्त शोरुमलाई कम्पनीले आफ्नो यात्राको महत्वपूर्ण कोशेढुङ्गा भएको जनाएको छ।

    शोरुमको उद्घाटन सीजी होल्डिङ्सका अध्यक्ष निर्वाण चौधरी तथा जीएसी इन्टरनेशनल र का प्रतिनिधि रेमन वङले संयुक्त रूपमा गरेका हुन्। कार्यक्रममा ले यो केवल शोरुम उद्घाटन मात्र नभई नेपालमा स्मार्ट, स्वच्छ तथा प्रिमियम मोबिलिटीको नयाँ युगको सुरुवात भएको जनाएको छ। कम्पनीले आयोन फ्ल्यागशिप शोरुममार्फत ईभी बजारमा आफ्नो उपस्थिति अझ सशक्त बनाउने लक्ष्य लिएको छ। कम्पनीका अनुसार ग्राहकलाई अत्याधुनिक विद्युतीय सवारी, प्रिमियम ब्रान्ड अनुभव, उत्कृष्ट बिक्रीपछिको सेवा तथा सशक्त चार्जिङ सपोर्ट उपलब्ध गराइनेछ।

    चीन तथा अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय आयोनका एसयूभी मोडलहरू नेपाली बजारमा पनि उपलब्ध छन्। आधुनिक डिजाइन, सुरक्षा, नवीन प्रविधि र आरामदायी सुविधाका कारण यी मोडलहरू उपभोक्तामाझ लोकप्रिय बन्दै गएका छन्। आयोन भी प्रिमियम तथा लामो दूरीका लागि डिजाइन गरिएको इलेक्ट्रिक एसयूभी हो। यसमा ७५.३ किलोवाट आवर ब्याट्री रहेको छ, जसले लक्जरी भेरियन्टमा ६५० किलोमिटर (NEDC) सम्मको रेन्ज प्रदान गर्छ।

    साथै १०० किलोवाट मोटर, २४० न्यूटन मिटर टर्क र १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्सले यसलाई शहरी तथा लामो दूरी दुवै यात्राका लागि उपयुक्त बनाएको छ। त्यसैगरी आयोन वाई र आयोन भी दुवैले को उन्नत ईभी प्रविधि र सुरक्षित ड्राइभिङ अनुभवलाई प्रतिनिधित्व गर्छन्।

    आयोन वाईलाई पारिवारिक प्रयोगका लागि उपयुक्त ईभीका रूपमा र आयोन भीलाई प्रिमियम एसयूभीका रूपमा प्रस्तुत गरिएको छ। सीजी मोटर्सले हाल नेपालभर २६० भन्दा बढी स्थानमा चार्जिङ सेवा विस्तार गरिसकेको छ र आगामी दिनमा थप विस्तार गर्ने योजना रहेको जनाएको छ। थापाथलीस्थित फ्ल्यागशिप शोरुममार्फत ग्राहकहरूले आयोनका सम्पूर्ण मोडल अवलोकन, टेस्ट ड्राइभ तथा बिक्री र बिक्रीपछिको सेवा एकै स्थानबाट प्राप्त गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar