स्मार्ट लक्जरी इभी ‘दिपल एस०५ प्लस’ नेपाली बजारमा, मूल्य ५३ लाख ९९ हजार

  • कालिका खवर
  • सोमवार, जेष्ठ ११, २०८३
  • काठमाडौं । नेपालका लागि का फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट इलेक्ट्रिक गाडीहरूको आधिकारिक वितरक ले नयाँ २०२६ को बिक्री सुरु गरेको छ।

    कम्प्लिट स्मार्ट लक्जरी इलेक्ट्रिक एसयुभीका रूपमा निर्माण गरिएको नयाँ एस०५ प्लस उन्नत प्रविधि, आकर्षक डिजाइन तथा फाइभ स्टार सुरक्षा सुविधासहित बजारमा आएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो मोडलले आधुनिक प्रविधिप्रेमी तथा विवेकशील ग्राहकलाई लक्षित गरेको छ।

    नयाँ एस०५ प्लसमा रियर ह्विल ड्राइभ प्रणाली जडान गरिएको छ, जसले यसलाई आफ्नो सेग्मेन्टमै पर्फर्मेन्स केन्द्रित इभी बनाएको कम्पनीको दाबी छ। गाडीमा ९९ किलोवाटको मोटर रहेको छ, जसले ३२० एनएम टर्क उत्पादन गर्छ भने एक पटकको पूर्ण चार्जमा ४०५ किलोमिटर डब्लुएलटिपी रेन्ज प्रदान गर्छ।

    यसमा १५१.५ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट रहेको छ, जसले केवल १५ मिनेटमै ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। साथै, ६ किलोवाट क्षमताको भेहिकल–टु–लोड (भिटुएल) सुविधा रहेकोले बाह्य विद्युतीय उपकरणलाई गाडीबाटै विद्युत आपूर्ति गर्न सकिनेछ।

    विश्व प्रतिष्ठित विजेता एस०५ प्लसमा सिग्नेचर फ्रेमलेस डोर, फ्लस ह्यान्डल तथा आकर्षक लाइन डिजाइन समावेश गरिएको छ, जसले यसको रोड प्रेजेन्सलाई थप प्रभावशाली बनाएको कम्पनीको भनाइ छ।

    गाडीको इन्टेरियरमा १५.४ इन्चको फुल एचडी टचस्क्रिन, ८ वटा सोनी स्पिकर, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, साथै ६४ कलर एम्बायन्ट लाइटिङ जस्ता प्रिमियम सुविधा रहेका छन्।

    यसमा १५९ लिटर क्षमताको फ्रंक (फ्रन्ट ट्रंक) उपलब्ध छ भने सेग्मेन्टमै पहिलो पटक प्रयोग गरिएको रिमोट इन एन्ड आउट सिस्टमले स्मार्ट पार्किङलाई सहज बनाएको कम्पनीले जनाएको छ। साथै, ४जी तथा ५जी कनेक्टिभिटीमार्फत चालक सधैं इन्टरनेटसँग जोडिन सक्ने सुविधा पनि रहेको छ।

    २०२६ दिपल एस०५ प्लसले विश्वविख्यात बाट ५ स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। कम्पनीका अनुसार उक्त रेटिङ सुरक्षा गुणस्तरको प्रमाण मात्र नभई ग्राहकप्रतिको भरोसा पनि हो।

    पर्फर्मेन्स, डिजाइन, टेक्नोलोजी तथा सुरक्षामा कुनै सम्झौता नगर्ने ग्राहकलाई लक्षित गर्दै ल्याइएको २०२६ दिपल एस०५ प्लस नेपाली बजारमा ५३ लाख ९९ हजार रुपैयाँमा बुकिङ तथा खरिदका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar