धादिङस्थित खानीमा टिपरमाथि ढुंगा खस्दा चालकको मृत्यु

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ ८, २०८३
  • काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित राम्चेमा सञ्चालित ढुंगा खानीमा ठुलो ढुंगा खसेर टिपरलाई किच्दा चालकको मृत्यु भएको छ । सोही गाउँपालिका घर भएका ३२ वर्षीय दीपेन्द्र खत्रीको मृत्यु भएको धादिङका एसपी सुमित खड्काले बताए ।

    काठमाडौँ महानगरपालिका वडा नम्बर–५ बस्ने हर्कबहादुर तामाङले सञ्चालन गरेको बज्रकाली रोडा ढुंगा उद्योगमा ढुंगा लोड गर्न भनेर दीपेन्द्र बा.५ख ८५८० नम्बरको टिपर लिएर त्यहाँ पुगेका थिए ।

    खानी क्षेत्रमा प्रवेश गरेपछि अचानक माथिबाट आएर ठुलो ढुंगाले टिपर सहित चालकलाई किचेको थियो । स्थानीयले खानी सञ्चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै दीपेन्द्रको शव घटनास्थलबाट निकाल्न दिएका छैनन् । घटनाबारे इलाका प्रहरी कार्यालय खानी खोलाले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar