पाथीभरा केबलकारबारे सरकारको निर्णय के हो ? : सांसद थेबे

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ ५, २०८३
  • काठमाडौँ : नेकपा एमालेका सांसद क्षितिज थेबेले पाथीभर केबलकारबारे सरकारको धारणा माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै निर्माण कार्य अहिले दिनको लागि रोकिएको बताए।

    उनले भने, ‘सरकारले मौखिक निर्देशनमा रोकिएको भन्ने सूचना बाहिरिएको छ। तर प्रश्न यो हो कि, सरकारको आधिकारिक धारणा के हो? यो आयोजना बन्ने हो कि रोकिने हो? आज ताप्लेजुङका जनता गहिरो अन्योलमा छन्। एकातिर विरोधका कार्यक्रमहरू सार्वजनिक भएका छन्, अर्कोतर्फ विकास, पर्यटन, रोजगारी र पूर्वाधारको दृष्टिकोले आयोजना अनिवार्य रूपमा बन्नुपर्छ भन्ने माग गरिरहेका छन्।’

    उनले यस्तो संवेदनशील विषयमा सरकार मौन बस्न नमिल्ने भन्दै सरकारको स्पष्ट जवाफ मागे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar