टाटा मोटर्सको “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प” जेठ १ देखि

  • कालिका खवर
  • शनिबार, जेष्ठ २, २०८३
  • काठमाडौं । टाटा मोटर्स को नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि ले आगामी जेठ १ गतेदेखि ३ गतेसम्म “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प” आयोजना गर्ने भएको छ ।
    ग्राहकलाई आधुनिक, सुरक्षित तथा विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त विशेष एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प” अन्तर्गत ग्राहकहरूले नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ जडान सुविधा प्राप्त गर्न सक्नेछन् ।

    यस एक्सचेन्ज क्याम्पमा टाटा मोटर्सका विभिन्न लोकप्रिय विद्युतीय तथा आइसिई सेगमेन्टका मोडलहरू उपलब्ध हुनेछन् । ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर नयाँ टाटा गाडी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

    एक्सचेन्ज मूल्यांकन सुविधा सिप्रदी एस्योर्ड प्रालि द्वारा प्रदान गरिनेछ । कम्पनीले ग्राहकहरूलाई देशभर रहेका टाटा मोटर्सका शोरुममा पुगेर यस अवसरको लाभ लिन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar