बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष अफर ल्यायो

  • कालिका खवर
  • शनिबार, जेष्ठ २, २०८३
  • काठमाडौं । बेनेली को नेपालका लागि आधिकारिक बिक्रेता बैद्य ग्रुपले एसईई दिएका विद्यार्थीसहित सम्पूर्ण ग्राहकलाई लक्षित गर्दै आकर्षक योजना सार्वजनिक गरेको छ ।

    यस योजना अन्तर्गत ग्राहकहरूले बेनेलीका स्कुटर तथा मोटरसाइकल खरिदमा भारी छुट पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले अब पानारिया १२५ स्कुटर २ लाख ५९ हजार ९०० रुपैयाँ तथा बेनेली १८० एस मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

    त्यस्तै, ग्राहकले २ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पनि पाउनेछन् । यस अन्तर्गत २ वर्षसम्म सम्पूर्ण लेबर चार्ज, ल्युब, इन्जिन आयल, आयल फिल्टर तथा फ्युल फिल्टर निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार ग्राहकहरूले ५ वर्षसम्म स्पेयर पार्ट्समा २५ प्रतिशतसम्म छुट समेत पाउनेछन् । यो अफर सीमित अवधिसम्म देशभर रहेका बेनेलीका शोरुमहरूमा लागू हुने बताइएको छ ।
    बेनेली नेपालका अनुसार यो योजना नेपालमा हालसम्म ल्याइएका सबैभन्दा आकर्षक तथा ग्राहकमैत्री अफरमध्ये एक हो । कम्पनीले यस योजनामार्फत युवा पुस्ता तथा दैनिक प्रयोगकर्तालाई गुणस्तरीय इटालियन ब्राण्ड सहज मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।

    बेनेली नेपालका ब्राण्ड स्ट्राटेजिस्ट प्रशान्त खत्री ले विशेषगरी एसईई दिएका विद्यार्थी तथा युवा पुस्तालाई लक्षित गर्दै योजना ल्याइएको बताए ।

    उनले भने, “हामीले विशेषगरी एसईई दिएका विद्यार्थीहरू तथा युवा पुस्तालाई लक्षित गर्दै यो योजना ल्याएका हौं । उत्कृष्ट डिजाइन, आधुनिक प्रविधि र आकर्षक मूल्यसहित अब बेनेली अझ धेरै नेपाली ग्राहकसम्म पुग्ने विश्वास लिएका छौं । ग्राहकलाई बिक्रीपछि पनि उत्कृष्ट सेवा प्रदान गर्नु हाम्रो प्राथमिकता हो ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar