सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन

  • कालिका खवर
  • बुधबार, बैशाख ३०, २०८३
  • काठमाडौँ : सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले व्यक्त गरेको असंसदीय शब्द रेकर्डबाट हटाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नेता थापाले मङ्गलबार व्यक्त गरेको धारणा असंसदीय रहेको भन्दै हटाउन माग गरेका थिए ।

    सभामुख अर्यालले सङ्घीय संसद् नियमावलीअनुसार असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिए । सांसद मनिष खनालले धारणा राखे लगत्तै एमालेका सांसद ऐन महरले विरोध जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar