कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार

  • कालिका खवर
  • सोमवार, बैशाख २८, २०८३
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बहिष्कार गरेको छ।

    काँग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह बैठकमा नआएको भन्दै बैठक नै बहिष्कार गरेको हो। गृह मन्त्रालयसँग सम्बन्धित सुकुम्वासीलगायत विषयमा गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्रीसँग जबाफ माग गर्नुपर्ने भए पनि उनी बैठकमा अनुपस्थित भएकोमा कांग्रेसले आपत्ति जनाएको छ।

    आज बिहान ११ बजे बोलाएको बैठकमा आफूहरू अनुपस्थित रहेको कांग्रेस संसदीय दल नेता भीष्मराज आङदेम्बेले बताए।

    ‘जवाफ लिनु छ। गृहमन्त्रीको भूमिकामा प्रधानमन्त्री नै हुनाले प्रधानमन्त्री आएर जवाफ दिनुहुन्छ भने हामी आउँछौँ। प्रधानमन्त्री नआउने हो भने औपचारिक रूपमा भेटिएर छलफल गरेर, परिचय गरेर, चिया खाएर हिँड्ने हिसाबले हाम्रो उपस्थिति रहँदैन भनेको हो,’ उनले भने, ‘आज पनि यही कुरा दोहो¥याएर बैठकमा अनुपस्थित भयौँ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar