सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • कालिका खवर
  • शुक्रबार, बैशाख २५, २०८३
  • काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मुल्य तोलाको १३ सय रुपैयाँले बढेर तोलाको २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले बढेर ५ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलाको ५ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar