गगन र विश्वप्रकाशले भेटे पूर्णबहादुरलाई

  • कालिका खवर
  • बुधबार, बैशाख २३, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् ।

    खड्कालाई भेट्न सभापति र उपसभाति खड्काकै निवास गल्फुटारमा पुगेका थिए । पार्टीभित्र संस्थापन र इतर पक्षबीच तनाव चर्किँदै जाँदा आजको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि मंगलबार सभापति थापाले नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar