नेशनल लाइफद्वारा अभिकर्ताका लागि नारायणी क्रुज सफारी, ३५४ जना सहभागी

  • कालिका खवर
  • आइतवार, बैशाख २०, २०८३
  • काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आफ्ना अभिकर्ताहरूका लागि २ रात ३ दिनको मनोरञ्जनात्मक ‘नारायणी क्रुज सफारी’ कार्यक्रम सम्पन्न गरेको छ। चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आयोजित कार्यक्रममा देशभरबाट उत्कृष्ट प्रदर्शन गरेका अभिकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    ‘संस्कृति, सौहार्द र सयरको संगम’ भन्ने नारासहित २०८२ सालको फाल्गुण र चैत्र महिनामा सञ्चालन गरिएको मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई सम्मान तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
    कार्यक्रममा कम्पनीका एजेन्सी विभाग प्रमुख, विभिन्न शाखा प्रमुखहरू तथा देशभरबाट छनोट भएका ३५४ जना वरिष्ठ अभिकर्ताहरू सहभागी भएका थिए। सो अवसरमा इन्द्रेणी ग्रुप का सञ्चालक तथा चर्चित कलाकारहरूको टोलीले लोकदोहोरी गीत र नृत्य प्रस्तुत गरी माहोललाई थप उत्साहपूर्ण बनाएको थियो।

    सहभागी अभिकर्ताहरूले कार्यक्रमबाट पूर्ण मनोरञ्जन लिएको बताउँदै नेपालको एकमात्र क्रुज यात्राको अनुभव दिलाएकोमा कम्पनीप्रति आभार व्यक्त गरेका छन्। यस्ता कार्यक्रमले मनोरञ्जनसँगै व्यवसायिक क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्ने विश्वास उनीहरूले व्यक्त गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar