रास्वपाले अनुमोदन गर्‍यो तीन मस्यौदा

  • कालिका खवर
  • आइतवार, बैशाख २०, २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३, महाधिवेशन कार्यविधि २०८३ र संसदीय दलको विधान संशोधन सम्बन्धी मस्यौदा अनुमोदन गरेको छ ।

    केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको सचिवालय बैठकले तीन वटा मस्यौदा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।झाका अनुसार आगामी स्थानीय तह निर्वाचनमा रास्वपाको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने प्रावधान राखिएको छ ।

    महाधिवेशन कार्यविधि र संसदीय दलको विधानमा केही संशोधन भएको उनले जानकारी दिए । तीन वटै मस्यौदा बैठकमा पेस भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar