अर्जुननरसिंह केसी कांग्रेस संसदीय दलको नेतामा चुनाव नलड्ने

  • कालिका खवर
  • आइतवार, बैशाख १३, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी संसदीय दलको नेताका लागि चुनाव नलड्ने भएका छन् । उनले सर्वसम्मत चयन गरे आफू दलको नेता बन्न तयार रहेको तर चुनाव भने नलड्ने स्पष्ट पारेका हुन् ।

    नेता चयनमा समय खर्च गरेकोमा पनि उनले असन्तुष्टि जनाएका छन् । केसीसँग शनिबार कांग्रेसका उपसभापतिहरू विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्री गुरुराज घिमिरेले छलफल गरेका थिए ।

    उनीहरूले संसदीय दलको नेताको आकांक्षीहरूसँग छुट्टाछट्टै छलफल गरेका छन् । छलफलमा केसीले सहमतिको आधारमा दलको नेता चयन गर्नुपर्ने बताएका थिए ।

    ‘निश्चित मापदण्ड बनाएर छनोट गर्नुपर्छ । होइन भने चुनावी प्रक्रियाबाट भए पनि दलको नेता चयन गर्नुपर्छ । होइन भने यो लिङ्गरिङ गरेर काम छैन,’ उनले शिलापत्रसँग भने, ‘यहाँ मेरो कारणले ढिला भएको भन्ने भाष्य बनाइएको छ । मैले सार्वजनिक रूपमा चुनाव लड्दिनँ भनेकै छु । सहमति भयो भने सघाउन तयार छु भनेकै छु । मिलेर चुनाव गराइदिए पनि उनीहरुको कुरा हो । मसँग जोडिएको कुरा होइन ।’ सहमति हुँदा आफू पनि दाबेदार रहेको तर मापदण्ड बनाएर अरु नाममा सहमति हुन्छ भने पनि आफू तयार रहेको उनको भनाइ छ । ‘सहमति हो भने मेरो पनि दाबी हो । निर्वाचन हो भने म लड्दिनँ भनेकै छु । यहाँ मलाई जोडेर खाली गगन (सभापति गगन थापा) को ससुरा भनेर भाष्य तयार गरिएको छ । यसमा मलाई दुस्ख छ,’ केसीले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar