सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्री शाहको निर्देशन, काठमाडौंबाट अभियान सुरु हुने

  • कालिका खवर
  • बुधबार, बैशाख ९, २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्तीहरू हटाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। आउँदो शनिबार र आइतबारदेखि बस्ती खाली गर्ने अभियान सुरु गर्न उनले निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

    हाल गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री शाहले आज साँझ सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा यस्तो निर्देशन दिएका हुन्। बैठकमा बस्ती व्यवस्थापन र अतिक्रमण नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको बताइएको छ।
    स्रोतका अनुसार बस्ती हटाउने अभियानको सुरुवात काठमाडौं उपत्यकाबाट गरिनेछ। त्यसपछि क्रमशः अन्य स्थानहरूमा पनि अभियान विस्तार गर्ने तयारी गरिएको छ।

    सरकारको यो निर्णयले सुकुम्बासी समस्या समाधानतर्फ एक कदम अघि बढ्ने अपेक्षा गरिए पनि प्रभावित बासिन्दाको व्यवस्थापन र पुनर्स्थापनाको विषय भने चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar