घुस लिने कर्मचारी र बयान फेर्ने व्यवसायी दुवै दोषी ठहर

  • कालिका खवर
  • मङ्लबार, बैशाख ८, २०८३
  • काठमाडौँ । विशेष अदालतले घुस लिने एक कर्मचारी र अदालतमा पुगेर बयान फेर्ने उजुरीकर्तालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको छ।

    अदालतले डुगेश्वर गाउँपालिकाका कर्मचारी टंकबहादुर कार्की र निर्माण व्यवसायी टकबहादुर घर्तीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।
    फैसलाअनुसार दुवै जनालाई जनही ३–३ महिना कैद र ५०–५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। साथै दुवैबाट जनही दुई हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि अदालतले दिएको छ।

    अदालतले उजुरीकर्ताले अदालतमा पुगेर बयान फेरेको र कर्मचारीले घुस लिएको पुष्टि भएपछि दुवैलाई समान रूपमा दोषी ठहर गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar