अन्तरजातीय प्रेमविवाह गरेका श्रीकृष्णको प्रहरी हिरासतमा मृत्यु

  • कालिका खवर
  • मङ्लबार, बैशाख ८, २०८३
  • हेटौँडा : सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकले गत चैत्र २८ गते खोटाङकी १७ वर्षीया किशोरीसँग प्रेमविवाह गरे। आफ्नी छोरी हराएपछि ती किशोरीका परिवारले सातदोबाटो प्रहरी चौकीमा उजुरी दर्ता गरे। प्रहरीमा उजुरी परेपछि वैशाख ३ गते श्रीकृष्ण र किशोरीलाई प्रहरी चौकीमा बोलाइयो।

    किशोरीका आफन्तले आफ्नी छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा प्रहरीमा जाहेरी दर्ता गरिदिए। प्रहरीले ती किशोरीलाई आफन्तको साथमा घर पठायो भने श्रीकृष्णलाई थप अनुसन्धानका लागि सिन्धुली प्रहरीको जिम्मा लगायो। सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका श्रीकृष्णले थुनुवा कक्षको भेन्टिलेटरमा सर्टको पासो लगाएर आत्महत्या गरे। सोमबार साँझ ६ बजेतिरको समयमा आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar