झिनो अंकले बढ्यो नेप्से, यी कम्पनीमा लाग्यो सर्किट

  • कालिका खवर
  • शुक्रबार, बैशाख ४, २०८३
  • काठमाडौँ। साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार शुक्रबार नेप्से ५.३६ अंकले उकालो लाग्दै २८३८.४० विन्दुमा पुगेको हो।

    आज कारोबारमा रहेका १३ उपसमूहमध्ये ५ समूहको सूचक बढ्दा बाँकी ८ समूहमा भने गिरावट आएको छ। कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो। उक्त कम्पनीको ६६ करोड ८६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

    आज सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रिज, शिखर पावर डेभलपमेन्ट र रिड्ज लाइन इनर्जीका लगानीकर्ताले उल्लेख्य नाफा कमाएका छन्। यी कम्पनीहरूको सेयर मूल्य क्रमशः १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत र ९.९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

    उता, एशियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्। कम्पनीको सेयर मूल्य ४.५४ प्रतिशतले घटेको छ। दिनभर ३३५ कम्पनीका १ करोड ८० लाख ६३ हजार ७२८ कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम ७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी पुगेको नेप्सेले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar