रोयल इनफिल्डको ‘२०२६ एडिसन गोवन क्लासिक ३५०’ नेपालमा सार्वजनिक

  • कालिका खवर
  • बुधबार, बैशाख २, २०८३
  • काठमाडौं । मिड–साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी रूपमा लोकप्रिय ब्रान्ड Royal Enfield ले नेपाली बजारमा आफ्नो नयाँ मोडल ‘२०२६ एडिसन गोवन क्लासिक ३५०’ सार्वजनिक गरेको छ। स्वतन्त्र र मुक्त जीवनशैलीलाई झल्काउने बोबर–इन्स्पायर्ड डिजाइनमा आधारित यो मोटरसाइकल आधुनिक राइडर–केन्द्रित सुविधासहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

    नयाँ ‘गोवन क्लासिक ३५०’ विशेषगरी स्टाइल र कम्फर्टलाई ध्यानमा राखेर डिजाइन गरिएको छ। बोबर–स्टाइलको लो–स्लङ सिट, आकर्षक लुक्स र आरामदायी राइडिङ पोजिसनका कारण यसले युवादेखि अनुभवी राइडरसम्मलाई लक्षित गरेको देखिन्छ।
    प्राविधिक पक्षमा, यस मोटरसाइकलमा ३४९ सीसीको एयर–अयल कुल्ड सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ। उक्त इन्जिनले ६,१०० आरपीएममा २०.२ बीएचपी पावर र ४,००० आरपीएममा २७ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ। कम्पनीका अनुसार इन्जिनलाई ‘लेड–ब्याक बोबर स्टाइल’ अनुरूप ट्युन गरिएको छ, जसले सहरका व्यस्त सडकदेखि खुला राजमार्गसम्म स्मूथ र आरामदायी राइडिङ अनुभव प्रदान गर्छ।

    यसमा ५–स्पिड गियरबक्ससँगै ‘असिस्ट–एन्ड–स्लिपर क्लच’ जडान गरिएको छ, जसले गियर सिफ्टिङलाई अझ सहज बनाउने बताइएको छ। साथै, आधुनिक आवश्यकतालाई मध्यनजर गर्दै ‘यूएसबी टाइप–सी’ चार्जिङ पोर्ट समेत उपलब्ध गराइएको छ।
    कम्पनीले यो मोडललाई विशेषगरी स्टाइल, पावर र कम्फर्टको सन्तुलन खोज्ने राइडरहरूका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरेको छ। नेपाली बजारमा यसको मूल्य र उपलब्धता सम्बन्धी विस्तृत जानकारी भने कम्पनीले चाँडै सार्वजनिक गर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar