महालक्ष्मी विकास बैंकद्वारा फेवाताल किनारमा पदयात्रा, दिगो बैंकिङ्ग प्रवर्द्धनमा जोड

  • कालिका खवर
  • सोमवार, चैत्र ३०, २०८२
  • काठमाडौँ । महालक्ष्मी विकास बैंक ले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत मिति २०८२ साल फागुन २४–२५ गते दुईदिने कार्यशाला तथा सामूहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममार्फत बैंकले वातावरण, संस्कृति तथा सम्पदा संरक्षणसँगै दिगो बैंकिङ्ग प्रवर्द्धनप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

    बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को हालसम्मको समग्र वित्तीय अवस्थाको समीक्षा गरिएको थियो। साथै, हालै सम्पन्न निर्वाचनपछि देखिएको सकारात्मक आर्थिक वातावरण र अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न हुन सक्ने सम्भावित चुनौतीहरूबारे समेत विश्लेषण गरिएको थियो।
    दिगो वित्तीय अभ्यासबारे जनचेतना फैलाउने उद्देश्यले ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण फेवाताल किनारमा सामूहिक पदयात्रा गरिएको थियो। कार्यक्रममा हरित बैंकिङ्ग तथा दिगो वित्तीय रणनीतिको आवश्यकतामा विशेष जोड दिइएको बैंकले जनाएको छ।

    “सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात गर्दै आएको महालक्ष्मी विकास बैंकले विगत ३१ वर्षदेखि देशभर गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका १०३ शाखा कार्यालयहरू सञ्चालनमा रहेका छन् भने करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar