विशेष महाधिवेशन माग गर्दै एमालेमा हस्ताक्षर अभियान सुरु

  • कालिका खवर
  • शनिबार, चैत्र २१, २०८२
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका छन्।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले अनपेक्षित पराजय व्यहोरेको निष्कर्ष निकाल्दै परिषद सदस्यहरूले नेतृत्व परिवर्तनका लागि वैधानिक प्रक्रिया अगाडि बढाएका हुन्। उनीहरूका अनुसार पार्टीभित्रको वर्तमान अवस्थालाई सुधार गर्न र नयाँ नेतृत्व चयनका लागि विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन्।

    एमालेको पछिल्लो महाधिवेशनले पारित गरेको विधानमा विशेष महाधिवेशन बोलाउने स्पष्ट प्रावधान रहेको छ। मौजुदा विधानको धारा ७३ अनुसार ठोस कार्यसूची र उचित कारणसहित दुई–तिहाइ जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूले लिखित रूपमा विशेष महाधिवेशनको माग गर्न सक्ने व्यवस्था छ।

    उक्त प्रावधानअनुसार मागपत्र दर्ता भएको मितिले ६ महिनाभित्र विशेष महाधिवेशन सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ।
    पार्टीभित्रको पछिल्लो राजनीतिक घटनाक्रमसँगै सुरु भएको यो हस्ताक्षर अभियानले एमालेको आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar