बालेन सरकारलाई शेयरबजारको रातो झण्डा, नेप्से सूचक ७१ अंकले घट्यो

  • कालिका खवर
  • आइतवार, चैत्र १५, २०८२
  • काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेपछि पहिलो कारोबार दिनमै शेयारबजारमा ठूलो पहिरो गएको छ । शुक्रबार बालेन नेतृत्वको रास्वापा सरकारले पद तथा गोपनियताको शपथ खाएको थियो ।

    यसलगत्तै आइतबार खुलेको शेयरबजारमा २.४० प्रतिशतको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ७१.०५ अंकले घट्दै २ हजार ८७९.११ अंकमा झरेको हो ।

    तथापि, यसदिन १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँ बराबरको ३ करोड ५२ लाख ४८ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको नेप्सेले जनाएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । २५५ कम्पनीको शेयर मूल्य घट्दा आज जम्मा १० वटा कम्पनीको मात्र मूल्य बढेको छ ।

    आज रिलायन्स मिल्स, सुपर खुदी हाइड्रोपावर र रिडी लाइन इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६.१७ प्रतिशतले घट्न पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar