कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि निर्वाचन आयोगमा बुझाउने

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन २९, २०८२
  • काठमाडौँ : नेपाली कांग्रेसले समानुपातिकतर्फको पार्टीको तर्फबाट प्राप्त २० सिटमा नाम फाईनलकोलागि तयारी गरेको छ । भोलिसम्म आयोगमा बुझाउनेगरि कांग्रेसले २० जनाको नाम तय गर्न लागेको हो ।

    यसअघि बुझाईएको समानुपातिकतर्फको बन्दसूचीमा रहेका नामबाट क्लस्टरवाईज नाम तय गरिने भएको छ । कांग्रेसले समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत ल्याएको थियो । निर्वाचन आयोगले समानुपातिकतर्फको नाम फाईनल गर्न दलहरुलाई पत्राचार गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar