गण्डकीका नयाँ मन्त्रीहरूले लिए शपथ

  • कालिका खवर
  • बुधबार, बैशाख २, २०८३
  • काठमाडौँ : गण्डकी प्रदेश मन्त्रिपरिषद् हेरफेर गरिएको छ। मुख्यमन्त्री सुरेन्द्र पाण्डेले काँग्रेस र एमालेबीचको सहमतिका आधारमा मन्त्रिपरिषद् हेरफेर गरेका हुन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

    पुनर्गठित मन्त्रिपरिषद्मा नेपाली काँग्रेसका तर्फबाट अर्थ मन्त्रालयको जिम्मेवारी जित शेरचनले सम्हालेका छन् भने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नन्दप्रसाद न्यौपानेलाई नियुक्त गरिएको छ। त्यस्तै, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीमा रेखा गुरुङ र वन तथा वातावरण मन्त्रीमा नम्डु गुरुङ नियुक्त भएका छन्।

    एमालेतर्फबाट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी गोविन्दबहादुर नेपालीले सम्हालेका छन्। उद्योग तथा पर्यटन मन्त्रीमा यशोदा रिमाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा लक्ष्मण पाण्डे र स्वास्थ्य मन्त्रीमा भीम कार्कीलाई नियुक्त गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar